७ सय १५ किलो अवैध जडीबुटी बरामद

७ सय १५ किलो अवैध जडीबुटी बरामद

बझाङ : बझाङ जिल्लाको सदरमुकाम चैनपुरको चौगाउँ टोलबाट बिहीबार दिउँसो प्रहरीले अवैधरुपमा संकलन गरि राखेको सोतो चिनी  बरामद गरेको छ ।

चैनपुर बजारभित्र रहेको रवि पुजाराको घरमा दार्चुला जिल्ला अपि हिमाल गाउँपालिका–४ घर भएका शेरसिंह धामीले लुकाई राखेको जानकारी पाएपछि प्रहरीले बरामद गरेको हो ।

जडिबुटी ब्यापारी धामीसहित ११ बोरामा बाँधी राखेका ७ सय १५ किलो सेतो चिनी प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएपी प्रविण धिताले जानकारी दिए ।

उनले बरामद गरेको सेती चिनी सहित यस संग संलग्न शेरसिंह धामीलाई पनि कानुनअनुसार कार्वाहीको लागि वन कार्यालयमा पठाएको बताए ।