दार्चुलामा जेसिबी दुर्घटना : चालकको मृत्यु

दार्चुलामा जेसिबी दुर्घटना : चालकको मृत्यु

दार्चुलामा जेसिबी दुर्घटनामा परी चालकको मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका–५ मा पर्ने मकरीगाड तिमलास्थित सुदुरपश्चिम प्रदेश ०१०० क १६०४ नम्बरको जेसिबि दुर्घट्ना हुँदा २८ वर्षिय चालक विशन रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

कच्ची सडकमा जेसिबि फसेको तथा निकाल्ने क्रममा पल्टेर सडकबाट २ सय मिटर तल खसेको उनले बताए । जेसिबि पल्टिदा गम्भीर घाइते भएका चालकलाई उपचारका लागि लटिनाथ स्वास्थ्य चौकी ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ ।

मृतक चालकको घर शैल्यशिखर नगरपालिका–६ आगर भएको तथा जेसिबि मकरीगाड हाड्रोपावर कम्पनी लिमिटेडको रहेको बुझिएको प्रहरीले जनाएको छ ।