प्रदेशको विकासका लागि सरकार–सरकारबिच समन्वयको आवश्यकता छः मुख्यमन्त्री भट्ट

प्रदेशको विकासका लागि सरकार–सरकारबिच समन्वयको आवश्यकता छः मुख्यमन्त्री भट्ट

धनगढीः प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश र स्थानीय तहबिच समन्वय हुन सकेमात्रै प्रदेशको विकाश सम्भव हुने बताए।

धनगढीको उपमहानगरपालिकाको तेस्रो नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण सभालाई विशेष सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले प्रदेश र स्थानीय तहले विकाशको साझा अवधारणा बनाउनुपर्नेमा जोड दिए।

मुख्यमन्त्री भट्टले प्रदेश ७ को अस्थायी राजधानीमा रहेको धनगढी उपमहानगरपालिकालाई प्रदेशकै नमुना, उदाहरणीय स्थानीय तहको रूपमा काम गर्न समेत आग्रह गरे। विकास निर्माणका कार्य सञ्चालन गर्दा जनताको माग र चाहना अनुसार सञ्चालन गर्न पनि मुख्यमन्त्री भट्टले धनगढी उपमहानगरपालिकालाई सुझाव दिए। 

देशमा सघियता लागु भएका कारण अहिले सिक्दै, सिकाउँदै काम गर्ने बेला भएको भन्दै भट्टले दूरगामी योजना सञ्चालन गर्नुपर्नेमा जोड दिए। नेपाली कांग्रेसका प्रदेश सभा सदस्य डिल्लीराज पन्तले स्थानीय जनताका माग सम्बोधन गर्न तर्फ स्थानीय तहले केन्द्रित हुनुपर्ने बताए। उनले त्यसका लागि प्रदेश सरकार सहयोग गर्न समेत तयार रहेको बताए।