बैंकिङ कसुर मुद्दामा कलाकार शिशिर राणा पक्राउ

बैंकिङ कसुर मुद्दामा कलाकार शिशिर राणा पक्राउ

निर्देशक तथा कलाकार शिशिर राणा पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले कलाकार राणालाई बिजुली बजारबाट पक्राउ गरेको हो ।

ब्यूरोका अनुसार कलाकार राणाले ललितपुरका एक व्यक्तिबाट ४५ लाख रुपैयाँ ऋण लिएको, तर भुक्तानी गर्दा पर्याप्त रकम नभएको नबिल बैंकको चेक दिएपछि राणाविरुद्ध बैंकिङ कसुरको उजुरी परेको थियो ।

त्यस्तै सोही उजुरीका आधारमा उच्च अदालत पाटनले २०७७ साल माघ २६ गते ४५ लाख जरिवाना र १० दिन कैद सजायको फैसला गरेको थियो । पक्राउ गरेका राणालाई फैसला कार्यन्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको ब्यूरोले जनाएको छ ।

करिब दुई दशकदेखि फिल्म क्षेत्रमा सक्रिय कलाकार राणाले दुई वटा ‘पोई प¥यो काले’ र ‘तिमीसँग’ फिल्म निर्देशन गरिसकेका छन्, भने वडा नम्बर छ, क्लासिक, अन्दाज, वीर विक्रम, कायरालगायतका दजनौं फिल्ममा काम गरिसकेका छन् ।