पर्यटन प्रवद्र्धनका लागि मेरो गाउँ मेरो ठाउँ भिडियो डकुमेन्ट्री प्रतियोगिता हुने

पर्यटन प्रवद्र्धनका लागि मेरो गाउँ मेरो ठाउँ भिडियो डकुमेन्ट्री प्रतियोगिता हुने

धनगढी : नेपाल पर्यटन बोर्डसितको सहकार्यमा फाउन्डेसनले प्रतियोगिता आयोजना गर्न लागेको हो । नेपालका थुप्रै पर्यटकीय गन्तब्यहरु प्रचार प्रसारका अभावका कारण ओझेलमा रहेकोले पर्यटकीय क्षेत्रको पहिचानका लागि प्रतियोगिता आयोजना गरेको फाउन्डेसनका निर्देशक तथा पत्रकार निर्मल श्रेष्ठले बताउनुभयो ।

उहाँले कुनै पनि भिडियो निर्माताले आफ्नो गाउँ ठाउँको प्राकृतिक, सांस्कृतिक, भेषभुषा, खानपान, कला तथा संस्कृतिमा आधारित बढीमा पाँच मिनेट लामो डकुमेन्ट्री बनाउन सक्ने जाकारी दिनुभयो ।

२०७२ सालको भूकम्पले थला परेको देश फेरी उठ्न सक्छ भन्ने मूल सन्देश सहित गठन भएको वी वील राइज (हामी उठ्न सक्छौं) संस्थासित जोडिएका १३ पटक सम्म सगरमाथाको सफल आरोहण गरेका आरोही फुर्वा तेन्जिङ शेर्पाले युवा पुस्ताको सक्रियताले देशको पर्यटकीय गतिबिधि बढाउन सकिने विश्वासले आफु संस्थासित जोडिएको बताउनुभयो ।

उहाँले भूकम्प पछि हामी फेरी उड्न सक्छौ भन्ने सन्देश विश्वलाई दिन आफु राष्ट्रिय झण्डासहित सगरमाथा चढेको बताउनुभयो । संस्थाले नेपालका जुनसुकै गाउँको ओझेलमा परेको तर अकाकर्षक पाटोलाई डकुमेन्ट्रीमा उतार्न सकिने छ। 

च्यालेन्ज नाम दिइएको प्रतियोगितामा उत्कृष्ट भएका डकुमेन्ट्रीलाई एक लाख रुपैया नगद पुरस्कार दिइने छ । डकुमेन्ट्रीको मनोनयनमा कुनै शुल्क नलाग्ने र उत्कृष्ट डुकुमेन्ट्री छान्न डुकुमेन्ट्री निर्माता बरिष्ठ पत्रकार मोहन मैनाली, निर्देशक छिरिङ रितार शेर्पा, चलचित्र निर्देशक सम्झना रौनियार, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशी र ध्वनि बिज्ञ इन्जिनियर प्रदीप उपाध्याय सहितको निर्णायक मण्डल रहेको फाउन्डेसनका निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।