माया विक हत्या प्रकारण : तिन जनाले बलत्कार गरेर चौथोले गर्न नपाउदै मृत्यु

माया विक हत्या प्रकारण : तिन जनाले बलत्कार गरेर चौथोले गर्न नपाउदै मृत्यु

धनगढी : कैलालीको गौरीगंगा नगरपालिका ११ कटानकी २१ वर्षिया माया विक नगरपालिकाको सामाजिक परिचालीकामा असार ५ गतेदेखि कार्यरत थिईन् ।

उनीसगै सोही नगरपालिका, ११ शिवपुरका ३० वर्षका गणेश बडुवाल र वर्ष २१ का सुरज चौधरी पनि सोही पदमा कार्यरत थिए ।

विवाहित गणेशले कार्यालय समयका बेला असार ८ गते यौन प्रस्ताव राखे । तर, मायाले तपाई विवाहित मान्छे, म दलितकी छोरी यस्तो कुरा गर्ने भनेर जवाफ दिईन । 

मायाको मुखमा विरुवाका पात कोचियो, हात दोपट्टाले पछाडी बाधियो र बलत्कार गर्न सुरु गरियो । मुखमा पात कोचिएकी र हात बाधिएकी मायाले न बोल्न सकिन न त प्रतिकार नै । 

त्यसको तिन दिनपछि ११ गते फेरि गणेशले मायालाई जवरजस्ती गर्न खोजेपछि मायाले तलाई देखाउुछ भन्दै धम्की दिईन । निडर स्वभाव, आफना कुरा ढुक्कसग राख्ने मायाको धम्कीपछि गणेश आत्तिए । 

उनले गौरीगगा नगरपालिका, ११ का २७ वर्षिय मनोज वोगटीलाई प्रलोभनमा पार्दै मायाको हत्या योजना बनाए ।

हत्यापछि मायाले पाउने पैसा र काम आफुले पाउने भन्दै मनोजलाई ८० हजार रुपैया दिने प्रभोलन देखाए । मनोजपछि राजी भए र हत्या योजना बनाए ।

गणेशले मायाको हत्याका लागि गौरीगगा, ११ शिवपुरकै भुवन खाती र तपेन्द्र वोगटीलाई बोलाए भने मनोजले सामाजिक परिचालक सुरजलाई ।

पाचै जना बसेर सामुहिक बलत्कारपछि हत्या गर्ने र शवको ठेगान लगाउने उनीहरुको योजना अनुसार असार १२ गते विहान ९ बजेदेखि नै उनीहरु मायालाई कुरेर बसे ।

तिन जनाले बलत्कार गरेपछि चौथो जनाले बलत्कार गर्न नपाउदै मायाले भने ससारबाट विदा लिईसकेकी थिईन् । 

माया आउने वित्तिकै दुई जनाले मुख छोपेर हात पछाडी बाधेर जङगलमा लगे र बलत्कार गर्न सुरु गरे । मायाको मुखमा विरुवाका पात कोचियो, हात दोपट्टाले पछाडी बाधियो र बलत्कार गर्न सुरु गरियो । मुखमा पात कोचिएकी र हात बाधिएकी मायाले न बोल्न सकिन न त प्रतिकार नै । 

सुरुमा गणेश बडुवाल, भुवन खाती र सुरज चौधरीले बलत्कार गरे । पाचै जनाले बलत्कार गरिसकेपछि मार्ने उनीहरुको योजना थियो । सोही अनुरुप उनीहरुले सल्फास पनिसगै लिएका थिए । 

तर, तिन जनाले बलत्कार गरेपछि चौथो जनाले बलत्कार गर्न नपाउदै मायाले भने ससारबाट विदा लिईसकेकी थिईन् । 

शुक्रवार मायाको घटनामा सग्लन पाच जनालाई सार्वजनिक गर्न आयोजिक पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले भावुक हुदै भने, ‘यि यौन पिपासुले अति दर्दनाक र घतलाग्दो तरिकाले घटना घटाए ।’

यसरी भयो प्रहरी सफल

घटना असार १२ गतेको थियो । १२ गतेदेखि माया वेपत्ता भएपछि आफन्तले दुई दिन आफै खोजी गरे तर, काही पनि फेला पारेनन । माया कही पनि फेला नपरेपछि परिवारले असार १४ गते ईलाका प्रहरी कार्यालय मसुरीयामा उजुरी दिए ।

त्यसपछि प्रहरी निरीक्षकको टोलीले खोजतलास गर्दा मायाको शव जेठ १५ गते जंगलमा सडेको, अर्धनग्न र हात पछाडी बाधिएको अवस्थामा फेला प¥यो । सोही स्थानमा मायाको साईलक र मोवाईलको खोल फेला प¥यो

प्रहरीले मायाको बलत्कारपछि हत्या भएको आशकामा अनुसन्धान थाल्यो । १६ गते प्रहरी निरीक्षकको नृतृत्वमा अनुसन्धान समिति गठन गरियो भने १७ गते जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षकको टोली गठन गरि शुन्यवाट छानविन गरियो । 

‘घटना भएको ४ दिनपछि शव फेला पारेका थियौ । त्यसैले शुन्यबाट अनुसन्धान गर्नुपर्ने थियो ।’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले भने, ‘ईलाका प्रहरी कार्यालयमा परेका उजुरीमा आधारमा छानविन थालेका हौ । एक हप्तापछि सफल भयौ ।’

ईलाका प्रहरी कार्यालयमा यसअघि परेका उजुरीका आधारमा स्थानीयलाई पक्राउ गर्न थालेपछि मनोज वोगटी गाउबाट फरार भएको सुचना प्रहरीलाई प्राप्त भयो । 

मुख्य योजनाकार गणेश वडुवाललाई अगाढी नै पक्राउ गरेपनि घटनाबारे अन्य तथ्य र व्यक्ति प्रहरीले पत्ता लगाउन सकेको थिएन ।

फरार भएका मनोजले आफन्तकोमा मायाको मोवाईल छोडेका थिए । मनोजका आफन्त मार्फत फोन गरि मनोजलाई दिल्लिबाट बोलाएर पक्राउ गरेपछि घटनामा सग्लन सवै पक्राउ परे र प्रहरीले शुक्रवार उनीहरुलाई सार्वजनिक समेत गरेको छ । 

सर्वस्वसहित जन्मकैदको सजाय

घट्नामा संलग्नलाई कर्तव्य ज्यान तथा जबरजस्ती करणी अन्तर्गत मुद्दा चलाइने प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।

‘मुलुकी ऐनको दफा १ को १३ बमोजिम कर्तव्य ज्यान अन्तर्गत सर्वस्व सहित जन्मकैद हुने व्यवस्था छ ।’ उनले भने, जवरजस्ती करणीमा ५ देखि ७ वर्षको कैदको व्यवस्था छ । यो घटनामा सामुहिक बलत्कार भएकाले कैद सजाय दोव्वर हुने व्यवस्था छ । सोही सजायको अदालतमा दावी र्छौ ।’