महामारी रोकथामको लागि पूर्व तयारी आवश्यक रहेको सरोकारवालाहरुको भनाइ

महामारी रोकथामको लागि पूर्व तयारी आवश्यक रहेको सरोकारवालाहरुको भनाइ

महामारीजन्य रोग रोकथाम तथा निगरानीको लागि पूर्व तयारीको आवश्यकता रहेको सरोकारवालाहरुले बताएका छन् ।

कोरोना महामारीको पहिलो र दोश्रो चरणको बखत भोगेको समस्याहरुलाई स्मरण गर्दै आगामी दिनमा आउन सक्ने महामारीको चुनौतिलाई जित्नको लागि पूर्व तयारीको आवश्यक्ता रहेको सरोकारवाहरुको भनाई छ ।

स्वास्थ्य कार्यालय पर्साले नारायणी अस्पतालमा आयोजना गरेको ‘महामारीजन्य रोगहरुको रोकथाम तथा निगरानीको लागि सरोकारवालासँग अन्तरक्रिया’ कार्यक्रम बोल्दै सरोकारवालाहरुले जिल्ला प्रशासन कार्यालय अन्तर्गत रहेका विपत्त व्यवस्थापन समिति सहित सम्पूर्ण स्थानीयका सम्बन्धित निकायले आउन सक्ने जस्तोसुकै विपत्तलाई सामना गर्न सक्ने गरि विभिन्न योजना एवं पूर्वाधार तयार सहित पुर्व तयारी गर्नुपर्ने कुरामा जोड दिए ।

जिल्लाको १४ वटै स्थानीय तहका स्वास्थ्य शाखाका प्रतिनिधि एवं नारायणी अस्पतालका प्रतिनिधि, सहायक प्रजिअ एवं सुरक्षाकर्मीका प्रतिनिधिहरुको उपस्थितिमा आयोजित कार्यक्रममा बोल्दै नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। अतुलेश चौरसियाले महामारी रोकथामको लागि नारायणी अस्पतालको स्तरोन्नति गर्न आवश्यक रहेको बताए ।

२० बर्ष पहिला जुन अवस्थामा नारायणी अस्पताल थियो अहिले पनि त्यहीं अवस्थामा रहेको, नामको लागि मात्रै उप–क्षेत्रीय अस्पतालबाट नारायणी अस्पतालमा स्तरोन्नति भएकोले भौतिक पूर्वाधार सहित सेवामा स्तरोन्नति हुनुपर्ने कुरामा जोड दिए ।

यसरी नै नारायणी अस्पतालका आकस्मिक विभाग प्रमुख डा। उदय नारायण सिंहले महामारी रोकथामको लागि पूर्व तयारी आवश्यक रहेको बताए । पहिलो, दोश्रो कोरोना महामारीमा भोगेको तितो अनुभवलाई मध्यनजर गर्दै पूर्व तयारी स्वरुप नारायणी अस्पतालमा भौतिक पूर्वाधार सहित सेवा सुविधालाई स्तरोन्नति गर्नुपर्ने बताए ।

कोरोना महामारीको बखत सम्पूर्ण निजी अस्पतालले उपचार गर्न नमानेपछि नारायणी अस्पतालमा सबै संक्रमित आउन थालेपछि शैयाको अभाव, अक्सिजन अभाव, औषधी अभाव जस्ता समस्याहरु उत्पन्न भई कतिपय संक्रमितले ज्यान गुमाउनु परेको अवस्थालाई मध्यनजर गर्दै पुनः आउन सक्ने सम्भावित तेश्रो चरणको कोरोना महामारीलाई मध्यनजर गर्दै नारायणी अस्पताललाई नाम मात्र नभई सेवा सुविधाको पनि स्तरोन्नति गर्नुपर्ने बताए ।

नारायणी अस्पतालका आकस्मिक कक्षका प्रमुख समेत रहेका डा। सिंहले गाउँमा कुनै व्यक्तिलाई सर्प डोसेको छ भने अस्पताल ल्याउन लग्दा आफुलाई खबर गर्नुस्, खबर गरेको खण्डमा बिरामी अस्पताल पुगेको समयमा यहाँ चिकित्सको टोली तयारी गरेर राख्न सकिन्छ भन्दै कुनै पनि विपत्तलाई सामना गर्न पूर्व तयारी आवश्यक्ता रहेको बताए ।

अन्तरक्रियामा सहभागी विभिन्न पालिकाका स्वास्थ्य संयोजकहरु पहिलो चरणको कोरोना महामारीको समयमा जिल्ला स्तरबाट समन्वय सहयोग भएपनि दोश्रो चरणको कोरोना महामारीको समयमा त्यसको तुलनामा समन्वयमा कमि भएको वताए ।

सखुवा प्रसौनी गाउँपालिकाका स्वास्थ्य संयोजक राजेश रौनियारले दोस्रो चरणको कोरोना महामारीको समयमा नारायणी अस्पतालबाट भिटिएम किट माग्दा पनि उपलब्ध नभएको र पालिकाले आफै खरिद गर्न चाहँदा पनि बजारमा नपाएका कारण समस्या भएको वताए ।

महामारीजन्य निगरानी गर्न समुदायस्तरमा समिति गठन गरिने

महामारीजन्य रोगहरुको निगरानी तथा रोकथाम गर्न समुदाय स्तरमा समिति गठन गरिने भएको छ । कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख नवलकिशोर साहले समुदायस्तरको ¥यापिड रेस्पोन्स टिम गठन गरेर सक्रिय बनाउनुपर्ने बताए ।

समुदायस्तरमा गठन गरिने समितिलाई कम्युनिटी ¥यापिड रेसपोन्स टिम (सीआरआरटी) नाम दिइएको छ । यस्ता टिमले औषधी, स्वास्थ्य सामग्री वितरण, सरसफाइ र शुद्ध खानेपानी उपभोगका बारेमा गाउँघरमा सचेतना जगाउने स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताए ।

स्वास्थ्य कार्यालय पर्साले आयोजना गरेको कार्यक्रममा सहभागी सरोकारवालाले सम्भावित महामारीको पूर्वानुमान गरेर त्यसविरुद्ध लड्न आवश्यक तयारी गर्ने निर्णय गर्दै कोरोना महामारीबाट थोरै राहत मिलेपनि जोखिम कायमै रहेकोले स्वास्थ्य सुरक्षा सतर्कताका उपाय अपनाउनुपर्ने, वर्षामा पानी जन्य रोगको संक्रमण बढ्ने र महामारीको रुप लिन सक्नेमा सचेत हुनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।