सपना शाहीको तिज गीत "मादुलु बज्यो" बजारमा (भिडियाे सहित)

सपना शाहीको  तिज गीत "मादुलु बज्यो" बजारमा (भिडियाे सहित)

धनगढी । तीजको मिति नजिकिए सगैं पछिल्लो समयमा तिजका गीतहरु बजारमा आउने क्रम बढीरहेको छ । यही क्रममा पछिल्लो समयमा चर्चित गायीका सपना शाहीको बिलकुलै नयाँ तथा टीपीकल झयाउरे तिज गीत मादुलु बज्यो बजारमा आएको छ ।

दिनप्रतिदिन मौलिक लोक संस्कृति हराउदै गएको सन्दर्भमा यस गीतले परम्परात लोक संकृतिलाई प्रोत्साहन हुने धेरैले बिश्वास लिएको छन् । गीतमा गायिका शाहीलाई नव गायीका प्रतिभा शाहीले साथ दिएकी छन् । शुभास घर्तिको शब्द सृर्जनामा तयार भएको गीतमा प्रेम विवश घर्तिको शब्द संगीत रहेको छ ।

सत्यवती मिडिया फिल्मस बाट बजारमा आएको गीतको म्युजिक भिडियो समेत उत्कूष्ट बनेको छ । गीतमा मोडेल दृश्य निरुता शाही र रुविना अधिकारीले दमादार अभिनय गरेका छन । रुन परेपछिको मार्मिक गीतबाट नेपाली सांगीतिक क्षेत्रमा पाइला टेकेकी गायिका शाहीका हालसम्ममा ४० भन्दा बढी तीज गीतहरु बजारमा आईसकेका छन् ।

उनका प्राय सबै गीतले दर्शक सा्रेताको मन जित्न सफल भएका छन् । गीत संगितलाई निकै माया गर्ने गायीका शाहीले बिद्यालयमा अध्यापन गराउदै आएको अध्यापन पेशालाई समेत छोडेर सांगीतिक क्षेत्रमा नै आफुलाई सीमित गरेकी छन् ।

यस गीतले पछिल्लो समयमा बिकृति फैलिदै गएको तीज गीतको संरक्षण तथा सबद्धर्धनमा महत्वपुर्ण भुमिका खेल्ने गायीका शाहीको आशा रहेको छ । यस अघीको दामी दामी मैयाको झक्कास झक्कास हासो बोलको तिज गीतले समेत निकै चर्चा बटुलेको थियो ।