विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन भनेर अराजनीतिक क्रियाकलाप शुरू : प्रधानमन्त्री ओली

विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन भनेर अराजनीतिक क्रियाकलाप शुरू : प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकार ढालेर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन भनेर अराजनीतिक क्रियाकलाप शुरू भएको बताउनुभएको छ ।

नेकपा एमाले केन्द्रीय कमिटीको १३ औं बैठकलाई शुक्रवार बालुवाटारमा सम्बोधन गर्दै उहाले सरकार ढाल्ने र बनाउने खेलमा मुलुकलाई अनुशासनहीन, उश्रृखल सामाजिक सम्भयतालाई तोड्ने प्रवृति हावी भएको समेत बताउनुभयो ।

उहाँले राजनीतिक मुद्धालाई अदालतमा पठाइएको र अदालतलाई दबाब दिने प्रयास भइरहेको जिकिर गर्नुभयो । उहाँले हजारौं प्रयासका बाबजुद पार्टीलाई एक हुन नदिने खेल भइरहेको बताउनुभयो ।

उहाँले कोरोनाबाट लडिरहेका बेला आन्दोलन गरेर निकृष्ठ तवरले दलहरु प्रस्तुत भएको तर्क गर्नुभयो । ओलीले अनुशासन तोड्नुलाई बहादुरी ठान्ने प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले प्राकृतिक प्रकोप लगाएतका अन्य बिपतमा जनताको जिउधनको रक्षा गर्न सरकार प्रतिवद्ध रहेको जिकिर गर्नुभयो । त्यस्तै ओलीले आफ्नो नेतृत्वको सरकारले मुलुकको बिकासमा असाधारण प्रगति हासिल गरेको बताउनुभयो ।