जुँगा भएकी राजकुमारीले प्रेम अस्वीकार गर्दा १३ पुरुषद्वारा आत्महत्या

जुँगा भएकी राजकुमारीले प्रेम अस्वीकार गर्दा १३ पुरुषद्वारा आत्महत्या

इतिहासका केही घटना यस्ता पनि हुन्छन्, जसमाथि सजिलै विश्वास गरिहाल्न मनै लाग्दैन । कतिपय घटनालाई रद्धीको टोकरीमा फाल्न मन लाग्दछ । आज हामी त्यस्तै एउटा सन्दर्भ पस्कने प्रयास गर्दैछौँ ।

एउटा राजकुमारी थिइन्, उनको जुँगा थियो, जो देखिन्थिन् पनि पुरुषजस्तै तर उनीसँग विवाह गर्न नपाएको झोकमा १३ पुरुषले आत्महत्या गरेका थिए । राजकुमारीलाई आज पनि त्यो देशमा सुन्दरताको प्रतीकका रुपमा लिइने गरिन्छ । भनिन्छ राजकुमारीले ती १३ जनाको प्रस्ताव अस्वीकार गरेका कारण उनीहरुले आत्महत्या गरेका हुन् ।

सन्दर्भ १९ औँ शताब्दीको शुरुवातीताकाको हो । जतिबेला पर्सिया ९हालको इरान० का राजा नासिर अल–दिन शाह कजार थिए । राजाका १२ औँ छोरीको नाम थियो राजकुमारी जाह्रा खानुम, ताज अल–शल्तनेह । पछि उनै राजकमारी कजारका रुपमा विश्व चर्चित भइन् ।

वर्तमान सुन्दरताको परिभाषा भन्दा कजार निकै भिन्न थिइन् । उनको अनुहारमा रौँ थियो । स्पष्ट देखिने गरी पुरुषको जस्तै जुँगा थियो । कजार नारीवादी थिइन् । उनका लेखहरुमा नारी अधिकारको कुरा ज्यादा हुन्थे ।

साथै उनीले जहिलै पनि सुरक्षित मातृत्व वकालत गरिन् साथै उनले आफ्नो लालनपालनमाथि नै प्रश्न चिन्ह उठाइन् । इतिहासकारहरुका अनुुुसार, राजकुमारी कजारको जन्म सन १८८४ मा भएको थियो र उनको मृत्यु सन १९३६ मा भएको थियो ।

उनको तीनपटक विवाह भएको थियो । पहिलो र दोस्रो पतिसँग उनको डिभोर्स भएको थियो ।