युवतीको बलत्कारपछि हत्या गर्ने सहित श्रीमान मार्ने श्रीमती र श्रीमती मार्ने श्रीमान सार्वजनिक

युवतीको बलत्कारपछि हत्या गर्ने सहित श्रीमान मार्ने श्रीमती र श्रीमती मार्ने श्रीमान सार्वजनिक

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीले जिल्लाका विभिन्न स्थानमा भएका तिन घटनामा सग्लनलाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले गौरीगगा नगरपालिकामा युवतीको बलत्कारपछि हत्यामा सग्लन पाच जना, पे्रमीसग मिलेर श्रीमानको हत्या गर्ने  र श्रीमतीको हत्या गर्ने एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

गौरीगगा नगरपालिका, ११ कटान बस्ने २१ वर्षकी माया विकको सामुहिक बलत्कारपछि हत्या गर्नेमा सोही नगरपालिकाको ११ शिवपुरका ३० वर्षका गणेश बडु्वाल, २७ वर्षका मनोज बोगटी, २१ वर्षका सुरज चौधरी, २० वर्षका भुवन खाती र १९ वर्षका तपेन्द्र बोगटी रहेको प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले बताए ।

मृतक विक र हत्या आरोपित बडुवाल र सुरज चौधरीसमेत सोही पदमा कार्यरत थिए । गएको असार १२ गतेदेखि हराएकी माया विक असार १५ गते मृत अवस्थामा भेटिएकी थिइन् ।

यस्तै, प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने गोदावरी नगरपालिका–१० की लक्ष्मी बडैला विष्ट र उनका प्रेमी दीपक खत्रीलाई पक्राउ पछि सार्वजनिक गरिएको छ । उनीहरुले असार ८ गते लक्ष्मीका श्रीमान कञ्चनपुरको पुनर्वास नगरपालिका–२ का तेजबहादुर बिष्टलाई भासु भिरबाट खसालेर मारेका थिए ।

यस्तै, बुधबार राति ९ बजे लम्किचुहा नगरपालिका २ प्रतापपुरमा श्रीमती ३५ वर्षकी गर्भा चौधरीसगै मदिरा सेवा गरि हत्या गर्ने इन्द्र चौधरीलाई पनि प्रहरीले सार्वजनिक गरेको छ ।