सेती प्रयोगशालामा बिहिबार ७५ नमूना परीक्षण गर्दा १९ जनामा कोरोना पुष्टि

सेती प्रयोगशालामा बिहिबार ७५ नमूना परीक्षण गर्दा १९ जनामा कोरोना पुष्टि

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बिहिबार १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ७५ नमूना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

हाल अस्पतालमा २१ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए । पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ६ जना निको भई घर फर्किएका छन् भने ७ जना बिरामी अस्पतामा  भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा अस्पतामा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ ।