सुदुर पश्चिम महोत्सव २०७५ सुरु

सुदुर पश्चिम महोत्सव २०७५ सुरु

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आज बाट धनगढीमा सुदुर पश्चिम महोत्सव २०७५ सुरु भएको छ । महोत्सवको सुदूरपश्चिम प्रदेशमा मुखयमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नुभयो ।

महोत्सव उद्घाटनका क्रममा उद्योग वाणिज्य संघले मुख्यमन्त्री भट्टलाई सात बुँदे माग राख्दै सांकेतिक रुपमा सात किलोको माला समेत लगाएको छ ।

कार्यक्रममा मुख्यमन्त्री भट्टले सुदूरपश्चिमको विकाका लागि प्रदेश सरकारले काम गरिरहेको र मागपत्रमा समेटिएका मागहरु पुरा गर्नका लागि प्रयासहरु भइरहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सभा सासंद शेरबहादुर कुँवर, प्रदेश सभाका सभामुख अर्जुन थापा, प्रदेश सरकारका उद्योग मन्त्री माया भट्ट, प्रदेश सभा प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभयो ।

हरेक बर्ष मंसीर २२ गतेबाट प्रारम्भ हुने महोत्सव यस बर्ष संघको कार्यसमितिको निर्वाचनका कारण आज शुरु भएको हो । धनगढी स्थित संघीय प्रहरी इकाईको मैदानमा आयोजित महोत्सव फागुन २ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

झण्डै १ करोड खर्च हुने अनुमान गरिएको महोत्सवमा १५ करोडको कारोबार हुने र ३ लाख मानिसले अवलोकन गर्ने आशा गरिएको छ । महोत्सवमा २ सय २५ वटा व्यापारिक तथा कृषि उपजका स्टलहरु राखिएका छन ।