‘सालको पात…’ गाउँदा विवादमा तानिएका रवि भन्छन्, ‘अग्रजको अपमान गर्न खोजेको होइन’

‘सालको पात…’ गाउँदा विवादमा तानिएका रवि भन्छन्, ‘अग्रजको अपमान गर्न खोजेको होइन’

बहुचर्चित लोकदोहोरी गीत ‘सालको पात टपरी’ गाउँदा विवादित बनेका नेपाल आइडल रवि ओडले अग्रज कलाकारलाई अवमूल्यन गर्ने आफ्नो कनै मनसाय नरहेको बताएका छन्।

अष्ट्रेलिया यात्रामा रहेका रविले एक सांगीतिक कार्यक्रममा ‘सालको पात…’ बोलको गीतलाई पर्याप्त तयारी बिना नै गाएपछि उनी विवादमा तानिएका थिए।

सोमबार दिउँसो सामाजिक सञ्जालमा फेसबुक मार्फत रविले अग्रज कलाकारलाई अवमूल्यन गर्ने कुनै मनसाय नरहेको उल्लेख गरेका हुन्।

कन्सर्टमा गीतका शब्दहरुलाई बङ्ग्याएर गाएपछि उनको लगातार आलोचना भइरहेको छ। सालको पात गीतका संगीतकार बसन्त थापाले नै नेपाल आइडल बनेका रविले शब्द बिगारेर गीत गाएको कुरामा विरोध जनाउँदै सामाजिक सञ्जालमा लेखेपछि यो विषय थप विवादमा तानिएको थियो।

अहिले रवि र बसन्त दुवै जनाको पक्ष विपक्षमा टिप्पणीहरु भइरहेका छन्।

रविले आफू संगीत सिक्ने क्रममा रहेको भन्दै अग्रज कलाकारहरुबाट थप हौसला पाउने आशा आफूले लिएको बताएका छन्। उनले दर्शकको माग अनुसार सालको पात गाउँदा आफूले तयारी नगरेकाले गल्ती भए माफी दिनुहोला भनेर मात्रै गीत गाउन सुरु गरेको दाबी गरेका छन्।