डोटीमा करेन्ट लागेर एकै गाउका चार जनाको मृत्यु, एक घाईते

डोटीमा करेन्ट लागेर एकै गाउका चार जनाको मृत्यु, एक घाईते

धनगढी : डोटीको आदर्श गाउपालिका, १ चाँसीमा एकै गाउका ५ जनालाई करेन्ट लागेको छ । 

स्थानीयलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक लाल बहादुर धामीले दिएको जानकारी अनुसार चार जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन । 

विद्युतको पोल बाङगो भएपछि सोझो बनाउने क्रममा करेन्ट लागेर वडा नम्वर १ चासीका जय वहादुर खड्का, दिपक खड्का, कालु खड्का र हरी खड्काको घटनास्थलमै मृत्यु भएको धामीले बताए । 

बम वहादुर खड्का गम्भीर घाईते भएकाले उपचारका लागि शैलेश्वरी स्वास्थ्य चौकी पठाईएको छ । घटनास्थल टाढा र कच्ची बाटो रहेका कारण प्रहरी अझै घटनास्थलमा पुग्न सकेको छैन । 

‘घटनास्थलमा प्रहरीको गाडी जान नसकेर प्रहरी टोली पनि ट्याक्टरमा जार्दैछ । घटनास्थल पुग्न अझै एक घण्टा जति लाग्छ ।’ डिएसी धामीले भने, ‘प्रहरी टोली घटनास्थल पुगेपछि मात्रै घटनाबारे विस्तृतमा जानकारी हुन्छ ।’