रोयल कोलाबोरेटिभ्सको सीमामा खाना खुवाउने अभियान समापन, हेल्प डेस्क सेवाको सुरु

रोयल कोलाबोरेटिभ्सको सीमामा खाना खुवाउने अभियान समापन, हेल्प डेस्क सेवाको सुरु

रोयल कोलाबोरेटिभ्सले कोरोना कालमा सुरुवात गरेको कोभिड सहयोग सेवा अभियान आज ४१ औं दिन पुगेको छ, यस संगै अभियानले पूर्णता पाएको छ ।

निशुल्क खाना पानी अभियान लगायतका अन्य सहयोग सेवा अभियान सम्बन्धी विस्तृत जानकारी एवम् विवरण आज सार्वजनिक गरेको छ।धनगढी उपमहानगरपालिका र रेडक्रस सोसाइटी कैलाली शाखाको उक्त अभियान रोयल कोलाबोरेटिभ्स संस्थाले सञ्चालन गरेको थियो ।

कोरोना महामारीले कायमै रहेको भएपनि निषेधाज्ञा खुकुलो भएसंगै ४१ औ दिनमा उक्त संस्थाले स्व अभियान स्थगित गरेको छ, उक्त कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले सबै खुलिसकेको अबस्थामा यो आबस्यकता नरहेको महसुस गरेको र साथै धनगढी उपमहानगरपालिकामा अनिवार्य मास्क अभियान सञ्चालन गरेको र पुनः कोरोनाको नया भेरिएन्ट आए लकडाउन गर्ने परिस्थिति भए स्व अभिमान सुचारू गर्ने मेयर वडले बताएका छन । 

कोरोना महामारीले भारतबाट आएका नेपालीलाई खाना पानि  खुवाउदै आएको संस्थाले दिनमा २४÷२५ हजार खर्च आउने गरेको र उक्त कार्यक्रमको लागि १२ लाखको बजेट रहेको थियो। सुरूमा उक्त संस्थाले ६०० देखि ७०० जनालाई खाना खुवाउदै आएको थियो कोरोनाको नया भेरिएन्ट र लकडाउन हुने अबस्था आयो भने सबै संस्था मिलेर उक्त कार्यक्रमलाई निरन्तरता दिने रोयल कोलाबोरेटिभ्स संस्थाका सदस्य दमन बहादुर सिंहले बताउनु भयो। 

सीममा खाना खुवाउने अभियानलाई समापन गरे पनि अन्य सेवाहरु पनि थप गरेको छ । रोयल कोलाबोरेटिभ्सले अब हेल्प डेस्क सेवाको सुरुवात पनि गरेको छ । हेल्प डेस्कले एम्बुलेन्स सेवा अटो एम्बुलेन्स सेवा, रगत संकलन तथा वितरण, औषधी घरदैलोसम्म पुराउने सेवा, कोभिड सम्बन्धी स्वास्थ्य परामर्श तथा सल्लाह लगायतका सुविधाहरु दिनेछ ।