उत्तर कोरियाले बनायो खान मिल्ने कपडा

उत्तर कोरियाले बनायो खान मिल्ने कपडा

आणविक हतियार परीक्षण तथा छिमेकीमाथि आक्रमणको धम्की दिएर विगतमा चर्चामा आउने गरेको उत्तर कोरिया अहिले नयाँ कारणले चर्चामा आएको छ ।

गरिबी तथा भोकमरीबाट जुधिरहेको देश उत्तर कोरियाका तानाशाह किम जोङ उनले पौडी, हाइकिङ्ग तथा साहसिक खेलसँग सम्बन्धित उपकरण साधनहरु सार्वजनिक गरेका छन् ।

किमले लञ्च गरेका ती फेसन प्रडक्ट निकै विशेष र दुनियाँमै अद्वितीय रहेका छन् । यी कपडाको सबैभन्दा अनौठो विशेषता के भने जिउमा लगाएका यी कपडा खान पनि सकिन्छ ।

उत्तर कोरियाको किम क्लोथिङ्ग अनुसन्धान केन्द्रले ती अनौठा कपडाको उत्पादन गरेको हो । फ्लेन लेट फ्याब्रिक्सबाट यी कपडा बनाइएको छ । कपडा बनाइएको रेशामा फ्याब्रिक प्रोटिन, एमिनो एसिड, फलफूलको जुस, आइरन तथा क्याल्सियम प्रयोग गरिएको हुन्छ । त्यसैले त्यो कपडालाई सहजै खान सकिन्छ ।

कपडा पौष्टिक हुनुका साथै स्वादिष्ट पनि रहेको छ । खासगरी भोकमरीको अवस्थामा खाएर प्राण धान्न मिल्ने योजनाका साथ उत्तर कोरियाले यस्ता कपडा विकास गरेको बताइएको छ ।

पुरुषको लागि ज्याकेट तथा महिलाको आउटर शनेल कम्पनीको मोडलको नक्कल गरी बनाइएको छ । त्यस्तै गुची कम्पनीको मोडलको नक्कल गरी ह्याण्ड ब्याग तयार गरिएको छ ।