दार्चुलामा होमपाईपमा अड्किएर दुई बालकको मृत्यु

दार्चुलामा होमपाईपमा अड्किएर दुई बालकको मृत्यु

 दार्चुला ; दार्चुलामा दुई बालकको होमपाइपमा अड्किएर मृत्युु भएको छ ।

महाकाली नगरपालिका वडा नम्बर ४ बङ्गाबगड स्थित लास्कु खोलामा रहेको होमपाइपमा अडकिएर मृत्यु भएको हो । मंगलबार दिउँसो पौडी खेलिरहेका बेला होम पाइपमा अड्किएर महाकाली नगरपालिका ४ बस्ने १७ बर्षिय प्रकाश खत्री र १२ बर्षिय रमित कुवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुला तिङ्कर सडक जोड्ने निर्माणाधीन मोटरेवल पुलको होम पाइपमा अडकिएर ज्यान गएको जनाइएको छ । उनीहरुको शव स्काइभेटर प्रयोग गरि निकालिएको हो।