टीकापुर अस्पतालमा जन्मिएको अनौठो शिशुको मृत्यु

टीकापुर अस्पतालमा जन्मिएको अनौठो शिशुको मृत्यु

धनगढी : कैलालीको टीकापुर अस्पतालमा आज बिहान जन्मिएको एउटा अनौठो शिशुको मृत्यु भएको छ । उक्त शिशुको एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा थियो ।

जानकी गाउँपालिका बस्ने २२ वर्षीया सीता चौधरीले अस्पतालमा मंगलबार बिहान यस्तो अनौठो बच्चा जन्माएकामा ११ बजेतिर बच्चाको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नरेन्द्रकुमार खनालले जानकारी दिनुभयो ।

सोमबार राति बेथा लागेपछि सीतालाई अस्पताल ल्याइएको थियो । उहाँको गर्भावस्थामै यस्तो अनौठो बच्चा रहेको पत्ता लागेको थियो ।

शिशुको मृत्यु भए पनि आमाको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।