सरकारविरुद्ध कांग्रेसको आज देशभर प्रदर्शन

सरकारविरुद्ध कांग्रेसको आज देशभर प्रदर्शन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ । महँगी, भ्रष्टाचार र सरकारका कतिपय निर्णयको विरोधमा कांग्रेसले देशव्यापी प्रदर्शन गर्न लागेको हो ।

७७ वटै जिल्लाका सदरमुकाममा प्रदर्शन गर्न लागिएको कांग्रेसले जनाएको छ । प्रदर्शनलाई प्रभावकारी बनाउन कांग्रेसले केन्द्रीय सदस्यहरुलाई जिल्लामा खटाएको छ ।

वाइडबडी खरिदमा भएको घोटालाको निष्पक्ष छानबिन हुनुपर्ने, चिकित्सा शिक्षा विधेयक डा. गोविन्द केसीसँग भएको सम्झौताअनुसार आउनुपर्ने लगायता माग राख्दै आएको कांग्रेसले प्रतिपक्षी दलका नेताको अनुपस्थितीमा विभिन्न आयोगका अध्यक्ष सिफारिस भएको प्रति पनि असन्तुष्टि जनाउँदै आएको छ ।