विहारमा रेल दुर्घटना, कम्तिमा ७ को मृत्यु

विहारमा रेल दुर्घटना, कम्तिमा ७ को मृत्यु

भारतको विहारमा आइतबार (आज) बिहान रेल दुर्घटना हुँदा कम्तिमा ७ जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएका छन् । सीमाञ्चल एक्सप्रेस नामको सो रेल विहारको वैशालीमा दुर्घटना भएको हो । 

सो रेल जोगबनी र आनन्दविहार टर्मिनलको बीचमा रहेको थियो । दुर्घटना बिहान ३ः५० बजे भएको बताइएको छ ।  

भारतीय रेलवेले मृतकका परिवारलाई ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । रेल लिकबाट बाहिर जाँदा सो दुर्घटना भएको बताइएको छ ।