भोटका आधारमा जनताले विकास पाउनै समस्या; मुख्यमन्त्री भट्ट

भोटका आधारमा जनताले विकास पाउनै समस्या;  मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भोटका आधारमा जनताले विकास पाउने समस्या रहेको बताएका छन् ।प्रदेशसभाको आठौँ अधिवेशनको ११ औँ बैठकमा सो कुरा बताएका हुन् ।

‘मैले यो तितो सत्य भन्नै पर्छ स्थानीय, प्रदेश र संघीय चुनावमा मत पाएका आधारमा जनताले विकास पाउँछ । त्यस्को बारेमा कस्ले सोच्ने । आदर्शमा कुरा गर्न सजिलो छ । तर व्यवहारमा जाँदा अपठ्यारो छ,’ मुख्यमन्त्री भट्टले भने ।

‘मत कसै अरुलाई दिएको छ तर विजयी कोही अरु भएको छ भने त्यो टोलमा ३/४ बर्षसम्म एउटा पाँच लाखको योजना समेत पर्दैन्,’ उनले भने, ‘त्यो ठाउँको लागि हामीले बोल्ने कि नबोल्ने रु सिद्धान्तको मात्रै रटान गरेर जनताका आवश्यकता कहिलेकाँही पूरा नहुन सक्छन् ।’ मुख्यमन्त्री भट्टले केन्द्रको आर्थिक वितरण प्रणाली पनि न्यायपूर्ण नरहेको बताए