पुनर्बहाली भएका चार सांसदद्वारा एमाले संसदीय दलको बैठक वहिस्कार

पुनर्बहाली भएका चार सांसदद्वारा एमाले संसदीय दलको बैठक वहिस्कार

नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलका बैठकमा पुनःबहाली हुनुभएका प्रदेशसभाका चारजना सदस्य अनुपस्थित हुनुभएको छ ।  अनुपस्थित हुनेमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा हुनुहुन्छ ।

संसदीय दलका बैठकमा सहभागी हुन एमालेले आमन्त्रण गरेपनि चारै जना सदस्य बैठकमा अनुपस्थित हुनुभएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले जानकारी दिनुभयो ।

आज बिहानको सो दलका बैठकमा उपस्थित हुन उहाँहरुलाई पत्राचार गरिएको बताइएको छ । बैठक एमालेका सांसदको फ्लोर क्रसपछि जोगिएको महेन्द्र बहादुर शाही नेतृत्वको कर्णाली सरकार फेरि ढाल्ने खेल सुरु भएको बताइएको छ ।

प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरिने र बजेट सार्वजानिक गर्ने कार्यसूचि छ । ३९ सदस्यीय प्रदेश सभामा एमाले एक्लैको २० सिट पुर्‍याएर सरकारलाई अल्पमतमा पार्ने र नीति तथा कार्यक्रम पारित हुन नदिने दाउमा एमाले भएपनि चार सांसदको अनुपस्थित पछि त्यो जोखिम टरेको छ ।

गत वैशाख ३ गते माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई एमालेको माधव नेपाल समूहका ज्वाला,  थापा,  शाही रबुढाले विश्वासको मत दिएका थिए । त्यही कारण उनीहरु प्रदेशसभा सदस्यबाट निष्कासित भएकामा सर्वोच्च अदालतले उनीहरुको पुनर्बहाली गरिदिएको थियो ।