सुदूरपश्चिम प्रदेश सरकारले दिउसो ४ बजे बजेट सार्वजनिक गर्दै, अन्य प्रदेशले कति बजे ?

सुदूरपश्चिम प्रदेश सरकारले दिउसो ४ बजे बजेट सार्वजनिक गर्दै, अन्य प्रदेशले कति बजे ?

सातओटै प्रदेश सरकारले आज (असार १ गते) आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट सार्वजनिक गर्दैछन् । असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताका कारण प्रदेश सरकारहरुले आज प्रदेशसभामा बजेट प्रस्तुत गर्न लागेका हुन् । 

राजनीतिक अन्यौलबीच सातमध्ये ६ ओटा प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भइसकेको छ भने गण्डकी प्रदेशमा ३ दिन अगाडि यही शनिबार मात्रै नयाँ सरकार बनेकाले हिजो मात्रैं  नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो । गण्डकी प्रदेश सरकारले आज विहानको प्रदेशसभा बैठकले नीति तथा कार्यक्रम पारित गरेर आजै बजेट प्रस्तुत गर्दैछ ।

कर्णाली प्रदेश सरकारले आज दिउँसो १ बजे प्रदेशसभा बैंठकमा बजेट प्रस्तुत गर्दैैछ भने प्रदेश १ र वाग्मती प्रदेशमा दिउँसो ३ बजे बजेट प्रस्तुत हुँदै छ ।

प्रदेश २, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने तयारी छ । लुम्बिनी र गण्डकीमा आर्थिक मामिला तथा योजना मन्त्रालय मुख्यमन्त्रीले नै सम्हालेको हुँदा मुख्यमन्त्रीले नै बजेट प्रस्तुत गर्दैन् । अन्य प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रीले बजेट प्रस्तुत गर्नेछन् ।