नेविसंघद्धारा डोटीमा सरकारी गाडी तोडफोड

नेविसंघद्धारा डोटीमा सरकारी गाडी तोडफोड

नेपाल बिद्यार्थी संघ डोटीले मेललेक गाउँपालिका अछामको गाडीमा तोडफोड गरेको छ । डोटीको सिलगढी हुँदै अछाम गइरहेको गाउँपालिकाका उपाध्यक्ष सवार वा २ झ ४१८८ नम्बरको स्कारपियोमा तोडफोड गरिएको हो ।

सरकारको बिरोधमा शनिबार सरकारी स्तरका सवारी साधन चल्न नदीने नेवि संघको केन्द्रिय निर्णय अनुसार नेवि संघ डोटीले सेतो नम्बर प्लेट भएका सवारी साधन संचालनमा रोक लगाएको थियो ।

नेवि संघले पुर्वजानकारी गरि सरकारी सवारी साधनमा रोक लागाउँदा लगाउँदै गाउँपालिकाको गाडीले त्यसको अवज्ञा गरेको भन्दै तोडफोड गरेको नेवि संघका अध्यक्ष गणेश खड्काले बताए ।

सामान्य तोडफोड पछि गाउँपालिकाको उक्त स्कारपियो प्रहरीले सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयमा राखेको जिल्ला प्रहरी कार्यालयले जानाएको छ ।

रकारको जवरजस्तबाद, सत्ताबाद अधिनायकबाद र दुइतिहाइको दम्बको बिरोध गर्दै नेवि संघले देशव्यापी रुपमा शनिबार सरकारी स्तरका सवारी साधन संचलनमा रोक लागाएको नेवि संघ डोटीका अध्यक्ष गणेश खड्काले बताए । उनले अहिले सरकारी कार्यालयका सवारी साधन, स्तानिय सरकारका सवारी साधन दुरुपयोग भैरहेको भन्दै नेवि संघले यो अभियानलाई निरन्तरता दिने बताए ।

शनिबार सुरक्षा कर्मिको भ्यान, एम्बुलेन्स वाहेकका सरकारी साधनहरु सडकमा गुडेको भेटीए नियन्त्रणमा मात्र होइन आगजनी समेत गर्ने नेवि संघका पुर्व केन्द्रिय सदस्य विजयराज ओझाले बताए।

उनले काँग्रेस सहित काँग्रेसका निकटका संगठन सडक देखि सदन सम्म सरकारको बिरोधमा रहेकाले सरकार बिरुद्ध जस्तोसुस्कै निर्णय लिन पछि नहट्ने बताए     । नेवि संघले शनिबार डोटी लगायत देशभरी नै सरकारी सवारी साधनमा रोक लगाएको छ ।