चालु भन्दा झण्डै ४ अर्ब घटेर आगामी आर्थिक बर्षको बजेट ल्याउदै प्रदेश सरकार

चालु भन्दा झण्डै ४ अर्ब घटेर आगामी आर्थिक बर्षको बजेट ल्याउदै प्रदेश सरकार

धनगढी ।  सुदूरपश्चिम प्रदेश सरकारले आज आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गर्ने भएको छ । 

प्रदेश सभामा आज दिउँसो ४ बजे देखि बजेट भाषण गरिने जनाइएको छ । 

आर्थिक वर्ष २०७८/२०७९ को लागि सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याउने भएको हो। 

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि २९ अर्ब रुपैयाँको हाराहारीको बजेट ल्याउने भएको हो। पछिल्लो बजेट भन्दा झण्डै ४ अर्ब घटाएर बजेट आउने भएको छ । 


प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले आज आगामी आर्थिक बर्षका लागि  बजेट प्रस्तुत गर्न लागेका  हुन्।

संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले असार १ गते प्रदेश सभामा सरकारको आगामी आर्थिक वर्षको बजेट कार्यक्रम प्रस्तुत गर्नुपर्ने प्रावधान छ।