नेपाल आइडल सिजन–२ का विजेता रवि ओड अहिले अष्ट्रेलिया भ्रमणमा छन् । उनी त्यहाँका विभिन्न शहरमा अष्ट्रेलियामा बस्दै आएका नेपालीसँग रमाइरहेका छन् ।
नेपाल आइडलको उपाधि जितिसके पछी रविको दिन चर्या नै बदलिएको छ । रवि सहित नेपाल आइडलका टप ६ यतिबेला अष्ट्रेलियाका बिभिन्न सहरमा भैरहेका कार्यक्रममा नेपाली हरुलाई झुमे रहेका छन् । रवि आइडल घोषित भएपछि दैनिकी निकै फेरिएको छ । कामको चापले उनी फूर्सद नै निकाल्न पाएका छैनन् । तर, अष्ट्रेलियामा भने आफूलाई व्यस्त राख्दै रमाइरहेका पनि छन् ।
रविसँगै आइडलका अन्य प्रतिस्पर्धी पनि रविसँगै अष्ट्रेलियामा छन् । त्यहाँ उनीहरु घुमघामसँगै कार्यक्रममा व्यस्त छन् ।अष्ट्रेलियामा पुगेका उनीहरु बिभिन्न सांगीतिक कार्यक्रम सहित घुम घाममा ब्यस्त छन् भने रमाइलो समेत गरिरहेका छन् ।
नेपाल आइडल सिजन १ र सिजन २ सम्पन्न भई सकेको छ भने अब तेश्रो सिजनको तयारीमा रहेको छ नेपाल आइडल आयोजक टिम। नेपाल आइडल सिजन १ का बिजेता बुद्ध लामा भएका थिए भने दोश्रो नेपाल आइडल सिजनका बिजेता रवी ओड बनेका छन।
अहिले नेपाल आइडलको टोलि विश्व भ्रमणमा रहेका छन। यस अघि जापानको सांगेतिक यात्रा सम्पन्न गरि सकेका नेपाल आइडलको टिम अब अस्ट्रेलिया पछी अन्य देशमा जाने छन।