खेलकुद महासंघ द्धारा निशुल्क पानि र स्वास्थ्य सामाग्री वितरण

खेलकुद महासंघ द्धारा  निशुल्क पानि र स्वास्थ्य सामाग्री वितरण

धनगढी । नेपाल खेलकुद महासंघ सुदुरपशिम प्रदेशको आयोजनामा धनगढी रंगशालामा निशुल्क खानेपानि र स्वास्थ्य सामाग्री वितरण गरिएको छ । 
महासंघको राष्ट्रिय अभियान अन्तर्गत देशव्यापी रुपमा भैरहेको कोभिड विरुद्धको खोप लगाउन सहभागी सम्पुर्ण वृद्ध बृदा , सुरक्षाकर्मी , पत्रकार , सरकारी कर्मचारी , स्वास्थकर्मी लाई सेनिटाइजर , माक्स  , पिउने पानी बितरण गरिएको हो । 
महामारीको समयमा महासंघका पदाधिकारीहरुद्धारा सामाजिक उत्तरदायीत्व स्वरुप सामाजिक कार्य गरेको महासंघका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम अध्यक्ष प्रकाश कुमार चन्दले बताउनुभयो । 
कार्यक्रममा खेलकुद महासंघका केन्द्रिय सचिब  विष्णु चन्द , केन्द्रिय सचिबालय सदस्य सत्यराज स्नेही , कैलाली जिल्ला सचिब सुबास चन्द र क्षेत्रीय खेलकुद बिकास समितीका हरि बिस्टको उपस्थिति रहेको थियो ।