अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाद्वारा राजीनामा

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाद्वारा राजीनामा

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले पदबाट राजीनामा दिएकी छन् ।  मनव तस्करीको आरोप लागेपछि विवादमा आएकी शेर्पाले परराष्ट्र मन्त्रालयमा राजीनामा बुझाएकी हुन् ।

विवादमा आएपछि नेपाल फिर्ता बोलाइएकी शेर्पा राजीनामा दिने चर्चाका बीच फेरि अस्ट्रेलिया गएपछि अनेक किसिमका अड्कालबाजी भइरहेका थिए ।

अस्ट्रेलियाबाट बिहीवार पुनः नेपाल फर्किएकी शेर्पाले राजीनामा दिएकी हुन् ।

शेर्पामाथि उनैले ड्राइभरको रूपमा अस्ट्रेलिया लगेका वाङ्छु शेर्पाले मानव तस्करीको आरोप लगाएका थिए ।