बसमाथि खस्यो पाँच तले भवन, ९ को मृत्यु

बसमाथि खस्यो पाँच तले भवन, ९ को मृत्यु

दक्षिण कोरियामा पाँच तले भवन ध्वस्त भएर बसमाथि थुप्रिँदा कम्तिमा ९ व्यक्तिको मृत्यु भएको छ । ग्वान्झु शहरमा भएको यस दुर्घटनामा  ८ जना मानिसहरु घाइते भएका थिए । 

जतिबेला भवन भत्कियो त्यतिबेला १७ जना व्यक्ति बोकेको बस सडकमा रोकिएको अवस्थामा थियो । राष्ट्रिय अग्नि नियन्त्रक एजेन्सीका अनुसार अहिलेसम्म घर ध्वस्त हुनुको कारण स्पष्ट भइसकेको छैन ।

भग्नावशेषमा परेकाहरुलाई उद्धार गर्ने काम भइरहेको छ । अग्नि नियन्त्रक सेओक सनका अनुसार यस भवन भत्कनुअघि नै कार्यक्षेत्रमा तैनाथ सबै कामदारहरु अन्यत्रै गइसकेका थिए ।

सामाजिक सञ्जालमा अपलोड गरिएको भिडियोमा सोझै बसमाथि भवन खसेको देखिन्छ । यही सडकमा पसल सञ्चालन गर्ने याङ इकजीका अनुसार भवन ढल्दा पृथ्वी हल्लिए जस्ता महसूस भएको थियो ।

‘मैले सडक स्पष्टसँग देखिन । मसिनो कुहिरोले छेकेजस्तो देखिन्थ्यो । बसमाथि भवन खसेको हेर्नका लागि मैले सिसिटिभी अन गरे,’ योनहाप न्युज एजेन्सीसँग उनले भने । 

दक्षिण कोरियामा युद्धकालका दौरान धेरै भवनहरु निशानामा परेका थिए । शान्तिकालमा यसअघि जुन १९९५ मा सिओलस्थित साम्पोङ डिपार्टमेन्ट स्टोर भत्कँदा ५ सयभन्दा धेरैको मृत्यु भएको थियो ।