स्वास्थ्य मन्त्री तामाङ्गको सम्पति विवरण सार्वजनिक

स्वास्थ्य मन्त्री तामाङ्गको सम्पति विवरण सार्वजनिक

स्वास्थ्यतथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सार्वजनिक गरेको सम्पति विवरणमा उनि तथा उनकि धर्मपत्नी प्रदेश नं १ कि मन्त्री उषाकला राईको नाममा नेपालका विभिन्न जिल्लामा १४ स्थानमा जग्गा भएको उल्लेख छ ।

सिन्धुपाल्चोक,मोरङग,  खोटाङ र काठमाडौंमा जग्गा भएको उल्लेख गरिएको छ। ती जग्गा कुनै अंशमा प्राप्त भएको तथा कुनै पुर्खौली भएको उल्लेख गरिएको छ।

यसैगरी उनिसंग २२ तोला सुन रहेको जनाईएको छ। उनिसंग २ वटा ल्यापटप र ३ वटा मोबाईल भएको तथा पत्नीको नाममा एउटा गाडी र उनको नाममा एउटा मोटरसाईकल भएको पनि जनाईएको छ।