पूर्वाधार निर्माणको काम नरोक्न गृह मन्त्रालयको निर्देशन

पूर्वाधार निर्माणको काम नरोक्न गृह मन्त्रालयको निर्देशन

 गृहमन्त्रालयले उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पूर्वाधार निर्माणको काम नरोक्न निर्देशन दिएको छ।

गृह सचिव महेश्वर न्यौपानेले तीनवटै जिल्लाका प्रमुखलाई निर्माणका काममा सहजीकरण गरिदिन निर्देशन दिएका हुन्। मंगलबार उपत्यकाका तीनवटै गृह सचिव, सडक डिभिजन र जिल्ला प्रमुखबीच बैठक सम्पन्न भएको थियो।