भरुवा बन्दुक सहित एक जना मृत फेला

भरुवा बन्दुक सहित एक जना मृत फेला

बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालीका वडा नम्बर ४ खत्री गाउँका एक जना जङ्गलमा मृत फेला परेका हुन ।

गाउँपालीकाको वडा नम्बर ४ का अन्दाजी ३५ बर्षिया डम्बर बहादुर खत्री २४ गते जङ्गल गएको र उनकै परिवारले खोजी गर्दा २५ गते  मृत अवस्थामा फेलापारेको जनाएको छ।

खत्रीका आफन्तले खप्तड छान्ना गाउँपालीकाको वडा नम्बर ४ कै गडाला सामुदायिक वनमा भरुवा बन्दुक सहित मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । खत्रीको नजिकै भरुवा बन्दुक भेटिएको थियो भने उनको बायाँ कञ्चडामा गोली लागेर टाउको छेडेको स्रोतको भनाइ छ । मृत खत्रीको जिल्ला अस्पताल बझाङमा पोष्टमाडम भईरहेको र अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।