यसकारण पुरुषभन्दा धेरै समय सुत्नुपर्छ महिला

यसकारण पुरुषभन्दा धेरै समय सुत्नुपर्छ महिला

एक दिनको निद्राले सात दिन पिरोल्छ भन्ने पुरानो भनाई नै छ । निद्राको कमीले धेरै किसिमका समस्या पैदा गर्ने कुरामा अहिले पनि कसैको दुईमत नहोला ।

औसत मानिसले दिनमा कम्तीमा आठ घण्टा मजाले सुत्नु पर्ने चिकित्सकहरु बताउँछन् । अझ महिलाहरुको हकमा पर्याप्त निद्रा अति आवश्यक हुने उनीहरुको भनाई छ । तर, हाम्रो समाजमा पुरुषभन्दा महिला कम सुत्छन् । महिलाहरु राति अबेरसम्म घरधन्दामा व्यस्त हुन्छन् भने बिहान ४-५ बजे नै उठेर चुलौचौको गर्छन् ।

यसरी उनीहरुको सुताई पर्याप्त हुँदैन । निद्राको कमीले महिलाहरुको शरीरमा दुष्प्रभाव हुनसक्छ । आखिर, महिलाहरुलाई पुरुषको तुलनामा किन बढी निद्राको आवश्यकता पर्छ त ?

– केही विज्ञका अनुसार महिलाहरु मस्तिष्कको प्रयोग धेरै गर्छन्, किनकी उनीहरुलाई एकै समयमा धेरै भन्दा धेरै काम गर्नुपर्छ । र, दिमागलाई ताजा र चलायमान राख्न पनि उनीहरुलाई पुरुषको तुलनामा धेरै सुत्नु पर्दछ ।

– कामको चापका कारण महिलाहरुले भनेको समयमा सुत्न पाउँदैनन् । ढिलो सुत्दा उनीहरुलाई भट्ट निद्रा पर्दैन । त्यसैले, उनीहरुलाई निद्रा पूरा गर्न पनि अत्यधिक समय सुत्नुपर्छ । विशेषगरी, महिलाहरुको जीवनमा यस्ता बदलावहरु आउने गर्छ, जसले गर्दा उनीहरुको निद्रामा असर पुगेर इन्सोमेनिया हुने खतरा उच्च हुन्छ ।

– मासिक धर्म बन्द भएमा महिलाहरु धेरै बेचैन हुने गर्छन् ।  जसका कारण उनीहरुलाई समयमा निद्रा पर्दैन । र, निद्राको कमी हुन नदिन पनि उनीहरुलाई पुरुषभन्दा धेरै सुत्नु पर्छ ।

– गर्भावस्थामा शारीरिक र मानसिक बदलावका कारण महिलाहरुलाई सुत्नमा समस्या हुने गर्छ । अझ सुत्केरी अवस्थामा उनीहरुलाई यो समस्या अत्यकि हुन्छ । गर्भावस्थामा अत्यधिक मात्रामा पिसाब लाग्नु तथा खुट्टामा ऐठन हुनाले पनि उनीहरु रातमा राम्ररी सुत्न सक्दैनन् ।

– महिनावारीको समयमा पेटको दुखाईका कारण महिलाहरु आनन्दले सुत्न सक्दैनन् । उक्त समयमा उनीहरुको पेटमा ऐठन हुने, पेट दुख्ने, वाक्वाकी लाग्ने, मुड बदलिने, मन अत्तालिने, घरीघरी भोक लाग्ने गर्छ । जसका कारण उनीहरुलाई राती सुत्नमा कठिनाई हुने गर्छ ।

निद्रा कसरी पूरा गर्ने ?

-सुत्ने टाइम टेबल बनाउने । यसलाई छुट्टकिो समयमा समेत पालना गर्ने ।

-सुत्नु अगाडी तातोपानीले नुहाउने र तातो दूध पिउने । यसले पनि गहिरो निद्रामा मद्दत गर्छ ।

-सुत्ने कोठा धेरै उज्यालो नहोस् भन्नेमा विशेष सावधानी अपनाउनु पर्छ ।

-उच्च गुणस्तरको तकिया र ओछ्यानको प्रयोग गर्ने ।

-सुत्नुअघि कफी नपिउने ।