डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन गर्ने १७ डाक्टर पक्राउ

डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन गर्ने १७ डाक्टर पक्राउ

प्रहरीले त्रिवि शिक्षण अस्पतालमा प्रदर्शनमा उत्रेका १७ जना चित्सकहरुलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होमीन्द्र बोगटीका अनुसार १७ जनालाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा डा. सुमित पाण्डे, डा. विशाल अग्रवाल, डा. हेमन्त बास्तोला लगायत रहेका छन् । पक्राउ परेका चिकित्सकहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ ।

चिकित्सकहरुले डा.गोविन्द केसीको माग पूरा गर्न भन्दै प्रदर्शन गरेका थिए ।