संसारकै सुन्दर महिला भएको देशको सूचीमा नेपाल ११ औं स्थानमा, यी हुन् शीर्ष २० देश

संसारकै सुन्दर महिला भएको देशको सूचीमा नेपाल ११ औं स्थानमा, यी हुन् शीर्ष २० देश

कुन देशका महिला कति राम्रा छन् भनेर छुट्याउने मानक के हो ? यसको उत्तर Missosology.com  ले दिएको छ । उनीहरुले सन् २०१८ मा आयोजित ठूला सुन्दरी प्रतियोगिताको विश्लेषण गर्यो र त्यसमा कुन देशका महिलाले कस्तो प्रभाव पारे भनेर पहिचान गर्यो ।

गत वर्ष आयोजित सुन्दरी प्रतियोगीतामा सुन्दरीहरुलाई केही पोइन्ट दिइयो । सबैभन्दा धेरै पोइन्ट पाएर भेनेजुएलाले फिलिपिन्सलाई पछि पार्दै ‘पर्फमर अफ द इयर फर २०१८’ को उपाधि हात पार्यो ।

भेनेजुएलाले यो उपाधि जितेको यो १८ औं पटक हो । सन् २०११ पछि गत वर्ष उनीहरुले पुनः यो उपाधि पाएका हुन् । ६४७ पोइन्ट पाएको भेनेजुएलाले आफ्नो प्रतिस्पर्धी फिलिपिन्सलाई मिस वर्ल्ड २०१८ को उपाधि दिलायो ।

यो सूचीमा नेपाल पहिलो पटक भित्रिएको छ  । नेपालले समग्रमा  २९० पोइन्टका साथ ११ औं स्थान ओगट्न सफल भएको छ ।

नेपालले मिस अर्थमा ५० पोइन्ट, मिस इन्टरनेशनलमा १०, सुप्रानेशनलमा १०, मिस वर्ल्डमा  १२० र मिस युनिभर्समा १०० पोइन्ट पाएको हो ।

सूचीको २० औं स्थानमा परेको भियतनामले भने १९० पोइन्ट बटुलेको छ ।