आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय बढेको छ ।
शुक्रबार प्रतितोला ९३ हजार ४ सय रहेको छापावाल सुन आज ९४ हजार १ सय छ । त्यस्तै तेजावी सुन ९३ हजार ६ सय तोकिएको छ ।
आज चाँदीको मूल्य १ हजार ३५५ रूपैयाँ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।