धनगढी : डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै बुधबारदेखि सेती अञ्चल अस्पतालमा रिले अनसन गरेका डाक्टरहरुले बिहीबार पनि अन्सन जारी राखेका छन् ।
नेपाल मेडिकल एसोसिएसन सुदूरपश्चिम समितिको अगुवाईमा रिले असन थालिएको हो । कसीको अनसन तोडाउन दिएको ७२ घण्टाको समयमा पनि सरकारले कुनै पहल नगरेको भन्दै डाक्टरले आफुहरु पनि अनसन बस्नुपर्ने बाध्यता आएको बताएका छन् ।
१५ औं अनसनका क्रममा गत साउन १० गते सरकारसँग भएको सम्झौता कार्यान्वयन नगरिएपछि डाक्टर केसी १६ औं पटक अन्सनमा बसेका हुन ।
नेपाल मेडिकल एसोसिएसन सुदूरपश्चिम प्रदेशका सदस्य प्रदीप मिश्रले कुनै पनि मुद्धाहरुलाई डा. केसीसित भएका सम्झौता पालन नभएका कारण उहाँ अनसनमा बसेको र उहाँको जीवन रक्षाको माग लिएर आफुहरुले रिले अन्सन शुरु गरेको बताएका छन ।
डाक्टर केसीको जीवन रक्षाका लागि र सरकारलाई दबाब दिनका लागी सुदुरपश्चिम प्रदेश बाट पनि रिले अन्सन सुरु गर्नुपरेको सेती अञ्चल अस्पतालका चिकित्सक डाक्टर कपिल गौतमले बताए ।
नेपाल मेडिकल एसोसिएसन सुदूरपश्चिम प्रदेश अध्यक्ष डाक्टर प्रमोद जोशीले उपचार सेवामा कुनै अवरोध नपर्ने गरी दुई÷दुई जनाको समूह बनाएर अन्सन बसिरहेको बताए ।
उनले आफुहरुको रिले अन्सनले बिरामीलाई दिने सेवा प्रभावित नभएको जानकारी दिए । नेपाल मेडिकल एसोसिएनको अगुवाईमा अनसनमा बसिरहेका डाक्टरहरुले केसीको जीवन रक्षाको पहल नभए थप संघर्षमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।