डडेल्धुराका टेकराज पिल्कोटीको छमछम पैतली बजारमा

डडेल्धुराका टेकराज पिल्कोटीको छमछम पैतली बजारमा

पछिल्लो समय सांगितिक दुनियाँमा जम्दै आएका डडेल्धुरा अजयमेरु गाउपालिका  गायक तथा सर्जक टेकराज पन्त पिल्कोटीको छमछम पैतली गित बजारमा आएको छ ।

उनको आफ्नै शब्द रचना र आफ्नै स्वरमा रहेकोे छमछम पैतलीमा सञ्चारकर्मी तथा  गायिका  निरु खडायतले स्वरमा साथ दिएकी छिन ।

पन्तले गितलाई पाँचौं देउडा गितका रुपमा बजारमा ल्याएको बताएका छन  । उनको पहिलो गीत बग्दै रयेए आशुँ भेल, माया जालैमा पछि अहिले उनको पाचौँ प्रस्तुती माया जालैमाको भाग २ छमछम पैतलीले बजार तताएको छ ।

देउडा भाकामा रहेको सो गित युवाहरुको इच्छा अनुसार डिजे प्याटनमा ल्याएको बताए । हाल भारतमा मजदुरी गरिरहेका पन्त आफु जहाँ भएपनि गित संगित र आफ्नो कला संस्कृति जोगाउने अभियानमा सदैव लागिरहने र आगामी दिनमा पनि गीत संगीतलाई भविष्य ठानेर सांगितिक दुनियाँमा कटिबद्व भएर लाग्ने बताए ।

उनले अहिले यो गितलाई भिभा भिडीयोमा बजारमा ल्याएकोले केहि समय पछि राम्रो भिडीयो बनाएर दर्शक माझ प्रस्तुत गर्ने उनले प्रतिबद्धता जनाए ।