चट्याङ लागेर दार्चुलामा १ जना घाइते

चट्याङ लागेर दार्चुलामा १ जना घाइते

दार्चुलाको लेकम गाउँपालिकामा चट्याङ लागेर एक जना घाइते भएका छन्।
घाईते हुनेमा गाउँपालिकाको वडा नम्बर ४ ओडीगाउँका माझि गिरीका छोरा विरेन्द्र गिरी घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रहरीका अनुसार घाइते विरेन्द्रको गोकुलेश्वर स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।