अस्ट्रेलियामा रविले मच्चाए धमाका

अस्ट्रेलियामा रविले  मच्चाए धमाका

नेपाल आइडल बिजेता रबि ओडले अस्ट्रेलियामा धमाकेदार प्रश्तुति दिएका छन। अहिलेको बहुचर्चित गित सालको पात टपरी लगाएतका बोलको गीतमा स्टेजबाट आफ्नो प्रश्तुतिले दर्शकलाई झुमाएका हुन। सालको पात टपरी हुनी बोलको गित अहिले सर्वाधिक चर्चा कमाउने गित मध्य एक पर्छ। उक्त गीतलाई अहिले सम्म ३ करोड भन्दा धेरै पटक हेरिएको छ। मेला महोत्सब र पिकनिक कार्यक्रममा यहि गित घन्किने गर्दछ।

नेपालमा आयोजना भएको अन्तराष्ट्रिय सो नेपाल आइडलको सिजन २ को बिजेताहरु रभी , बिक्रम , सुमित , अस्मिता , अमित, पवन सहित होस्ट रिमा अहिले अस्ट्रेलियाको भ्रमणमा रहेका छन। नेपाल आइडल सिजन २ बिजेता रवि ओड सहित टप ६ को टोली अहिले अष्ट्रेलिया भ्रमणमा रहेका हुन । अष्ट्रेलियाका विभिन्न सहरमा हुने सांगेतिक कर्यक्रम हरुमा सहभागिता जनाएका उनीहरुलाई त्यहाँ भव्य साथ र सम्मान मिलेको छ। अस्ट्रेलियामा नेपाली संगीतप्रेमीले नेपाल आइडल टोलीलाई भव्य स्वागत गर्नुका साथै सम्मान समेत गरेका हुन ।