संवैधानिक इजलासमा पुरानै न्यायाधीशको निरन्तरता, सुनुवाइ सुरु

संवैधानिक इजलासमा पुरानै न्यायाधीशको निरन्तरता, सुनुवाइ सुरु

संसद विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा सुरु भएको छ।  आजको इजलासमा पुरानै न्यायाधीश दोहरिएका छन्।

कानुन व्यवसायीले संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशमाथि प्रश्न उठाएपछि गत शुक्रबार र आइतबारको सुनुवाइ इजलास गठनमा केन्द्रित भएपछि आजदेखि रिटमा केन्द्रित बहस हुने बताइएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आजको इजलासमा पुरानै न्यायाधीशलाई निरन्तरता दिएका छन्। इजलासमा रहेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठ इजलासबाट बाहिर बस्न अस्वीकार गरेपछि आज पनि इजलासमा पहिलेकै न्यायाधीशहरूलाई निरन्तरता दिइएको हो। 

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन्।