काठमाण्डौमा खाद्यान्न र विकास निर्माणका क्षेत्र खुकुलो बनाउने तयारी

काठमाण्डौमा खाद्यान्न र विकास निर्माणका क्षेत्र खुकुलो बनाउने तयारी

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाउने तयारी भएको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञा पर्सि २० गते सकिँदैछ ।

त्यसपछि निषेधाज्ञा थप्दा विकास निर्माण र खाद्यान्नको क्षेत्र खुकुलो बनाउने तयारी भएको हो । यसबारे निर्णय गर्न काठमाण्डौ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

आज या भोलि बस्ने बैठकले यसबारे निर्णय गर्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो ।

यसअघि गएको १४ गतेदेखि थपिएको निषेधाज्ञा कडा बनाइएको छ । खाद्यान्न पसलसमेत बन्द गरिएको छ । केही दिनयता काठमाण्डौसहित सहरी क्षेत्रमा कोरोना सङ्क्रमणको दर घट्दै गएको छ।

कोरोना भाइरसको सङ्क्रमण बढेपछि पछिल्लो पटक थप गरिएको निषेधाज्ञामा खाद्यान्न पसलसमेत बन्द गरिएको थियो । यस्तै, अत्यावश्यक काम नपरि हिँडनेलाई कारबाही गर्ने गरिएको छ ।