सरकारको विरोध गर्दै नेविसंघद्धारा ठाउ ठाउमा राके जुलुस

सरकारको विरोध गर्दै नेविसंघद्धारा ठाउ ठाउमा राके जुलुस

बझाङको सदरमुकाम चैनपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको बिरुद्ध बुधवार राती नेपाल विद्यार्थी संघल बिरोध प्रदर्शन गरेको छ।

नेविसंघले सदरमुकाम चैनपुरमा राके जुलुस निकालेर विरोध प्रदर्शन गरेको हो।नेपाल बिद्यार्थी सँघले निर्मला पन्तको हत्यारालाई कारवाही, अनसनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने लगायतका माग गर्दै विरोधमा उत्रिएको नेबिसँधका नेता तथा  जयपृथ्वी बहुमुखी क्याम्पसका स्वभियु उपसभापती उमेश जेठाराले बताए ।

यस्तै ने वि संघ डडेल्धुराले सरकारको विरोध गर्दै बुधवार राँकेजुलस निकालेको छ । नेपाल सरकारले हालै पास गरेको चिकित्सा विधेयक डा गोविन्द केसी संग गरेका सम्झौताको कार्यान्वयन र निर्मला पन्तका हत्यारालाई कारवाहीको माँग गर्दै नेवि संघ डडेल्धुराले सरकारको विरोध गर्दै राके जुलुस निकालेको हो ।

यस्तै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थि संघले सरकार विरुद्ध आज वेलुकी धनगढीमा मसाल जुलुस प्रर्दशन गरेको छ ।धनगढीको एलएनचोकमा मसाल जुलुस प्रर्दशन गर्दा प्रहरी र प्रर्दशनकारी विच केहीवेर घम्साघम्सी चलेको थियो ।

प्रधानमन्त्रीको अग्रसरतामा भएको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गर्ने निर्णर्य र डा. गोविन्द केसीको अनसनप्रति संवेदनहीन व्यवहारको विरोधमा प्रर्दशन गरीएको नविसंघले जनाएको छ ।