बाँकेमा एक हप्ता थपियो निषेधाज्ञा

बाँकेमा एक हप्ता थपियो निषेधाज्ञा

बाँकेमा कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई एकहप्ता लम्ब्याइएको छ।

यही जेठ २४ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए। 

जिल्लामा गत वैशाख नौ गतेदेखि निषेधाज्ञा जारी छ । 

उनका अनुसार निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेक हिँडडुलमा समेत निषेध गरिएको छ। 

कोरोनाबाट जिल्लामा दुई सय ९१ जनाको ज्यान गएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले. जानकारी दिए।