शहिदको सपना

शहिदको सपना

झुपडिमा सिउदो पुछिएका अनि कोख रित्तिएका आमाहरुको रोदन ।
छेउमै नेताको चर्को भाषण म सुन्दै थिए यिनिहरुको बिचमा बसेर भुपिका कविता अनि भिमसेनका कथाहरु ।
बर्षाको झरी हिउँदको तपतप भित्रै सम्म पुग्ने सितका थोप्पा भएको झोपडि भित्र  देखेको सपना पुरा गर्न

देशको मुहार फेरिनु पर्छ,
शान्ति कायम हुनै पर्छ,
जनताले बाँच्न पाउनै पर्छ
जस्ता नारा घन्काउदै
अघि बढेको विर युद्धा
देशलाई गोली लाग्छ भनि
कसैको मतलब नगरी
आफ्नो छाति थाप्छ ।
हाँस्दा हाँस्दै वली हुन पुग्छ ।
झोपडिको आँसु पूछ्न हिडेको,
देशको रक्षा, हित, भलोको लागि,
शान्त, विकसित, सुन्दर देश बनाउन
जिन्दाबाद, मुर्दाबादका नारा लगाउदै
सबैबाट बिदा भएको मान्छे ।
छोराछारीको चिच्याट र
श्रीमतिको बहुलापन देख्न नसकेर
कोईलीहरुले विरहका गित गाए,
कागहरु रोइरहे,
अन्य चराहरुले साथ दिए ।
भुपिले बविता लेखे,
भिमसेनले कथा लेखे ।
नेताहरुले आश्वासन दिए ।
भिमा कम्पनिले दशलाख उपलब्ध गराए,
सरकारले शहिद घोषणा र
केहि भत्ता दिने निर्णय गरेको
रेडियोमा समाचार सुनियो ।
सपनाले भरीएको झोपडिमा
आँसु र पिडाले भरिएको
प्रतिवेदन सार्वजनिक गरे
मानव अधिकार कर्मिहरुले ।
विर युद्धा
प्रजातन्त्रको लागि,
लोकतन्त्रको लागि,
गणतन्त्रको लागि,
गरिब जनताको लागि,
अन्यायमा परेकाहरुको लागि
आन्दोलनमा परि मरे
उनिहरुको सपना मरेछ ।
बाकी केहि नरहेछ
सबै सबै मरेछ उनिहरुको ।
सपना अपुरो, अधुरो छ ।
नारा घन्काउन
अघि अघि लगाउनेहरु
आज क्रमश
मन्त्री, प्रधानमन्त्री भए ।
महलमा बस्छन,
महङगो गाडिमा बसी
चिप्ला सडकमा जान्छन् ।
धनसम्पति जोडे,
छोराछोरीलाई विदेश पढाई रहेका छनन्,
गरिब जनताको पसिना चुस्दै छनन् ।
प्रजातन्त्र यिनिहरुका लागि
लोकतन्त्र यिनिहरुका लागि,
गणतन्त्र यिनिहरुका लागि,
सिमानामा युवा मर्छ,
राजनितिक गर्छनन् ।
छोराको न्याय माग्दा माग्दै बुबा मर्छ
चुपचाप लाग्छन ।
दूरसुदूरमा पनि अस्पताल हुनुपर्छ भन्दा
ब्यापारीलाई पाल्छनन् ।
छोरीको बालात्कार, हत्या हुदा
न्याय नदिने
के यसैको लागि हो सरकार शहिदले बलिदानि दिएको
होईन सरकार
देशको मुहार फेर्न,
शान्ति सुरक्षा कायाम गर्न,
जनताको बाँच्न पाउने अधिकारको रक्षा गर्न हो ।
भोट पाउन
सढकमा मारेको,
भिडबाट लडेर मरेको,
घर भित्र मरेको मान्छेलाई शहिद बनाउने
शहिदको सपना होईन ।
र बर्षको एक दिन
शहिद दिवश मनाई
त्ष्विरमा माल्यार्पन गर्दैमा
शहिदको सपना पुरा हुदैन ।

 हरि भट्ट धनगढी,कैलाली