"कुट तिमी"

"कुट तिमी"

 लोकेश जोशी, कैलाली

कहिले नर्सलाई कुट कहिले डाक्टरलाई कुट कहिले गरिबलाई कुट कहिले दलितलाई कुट कहिले मजदुरलाई कुट कहिले सुकुम्बासीलाई कुट कुट तिमी कुट ... कहिले देश बनाउनेलाई कुट कहिले देश बचाउनेलाई कुट हे मुर्ख हो,तिमी बलिया छौँ तिमी कुट्दै जाऊ,हामी सहदै जान्छौं तिमी दमन गर्दै जाऊ,हामी मौन बस्छौं किनकि तिमी मालिका भक्ति हौं कुट तिमि कुट ..

 बिरामीको सेवामा छन बिचरा,ती नर्स डाक्टर उनलाई न कुट,बरु जाऊ सक्छौं भने देश बेच्नेलाई कुट राष्ट्रलाई बन्धकी राख्नेलाई कुट महाकाली बेच्नेलाई कुट कालापानी बेच्नेलाई कुट देशलाई फिजिकण गर्नेलाई कुट भ्रष्टचारीहरुलाई कुट कमिसखोरहरुलाई कुट कालोबजारी गर्नेलाई कुट बिचरा, नर्सको दोष छैन ती नर्स डाक्टर लाई न कुट मलाई थाहा छ तिमी बलिया छौं

तिमि साइबर सेनाको रूपमा स्थापित छौं कतै बाट आदेस छ रे, यो धर्ती नै बलियाहरुको रैछ बलियाका विरुद्ध बोले लान्छन जेलेर मान्छे नै मान्छेको दास भएको छ यो धर्ती सोझाको भन्ने कहाँ छर बलिया ले गर्छन् रजाइँ बोले कराए दिन्छन् सजाई बलवान् ती कुट्ने मालीकहरुमा दया हुँदैन लाखौं लडेर बलिदान दिएनी,

तिनिमा मानबिय धर्म हुँदैन भो मालिक बिन्ती छ न कुट न कुटाऊ सोझा मान्छेहरुलाई आसु नबगाऊ अर्थ हुँदैन एक अर्कोलाई बुझ सघाउ बिन्ती छ मालिक, ती नर्सलाई न कुट ए, हजुर दलाल ब्यबस्थाको खेल फोहर छ मन्त्रीकै लागी ओहर दोहोर छ देशलाई बन्दी बनाइ रहेछन् आफुलाई राष्ट्रबादी नेता भनी रहेछन जो सत्यको वकालत गर्छ उसलाई मराइरहेछन अनौठो छ

यहाँ बेइमानी चलन साचो कुरा बोल्न चाहे पाइदैन बोल्न संविधान संविधान र समृद्धि भन्दै गाछौ हत्याहिंसा बढाएर जनताकै खुन खाछौ ए, शासकहरु हो तिम्रो जिम्मा यहीँ रहेछ जति सक्छौं मार जनता मारी रजाइँ गर रुवाबासी पार देशजति रोयपनि आफू हासेका छौ गरिब झन गरिब भएपनि तिमी धनी भाछौ आउँछ

हुरि कुनै दिन होशियार बन निस्किएर भाग्न सक्ने गरि खाडल खन उठ अब युवापुस्ता नगर है ढिला बुझ युवा सोच अब देशकै लागी भएपनि कि नेपाल जे सुकै होस् भन्नुपर्यो हैन भने कम्मर कसि जाग्नु पर्यो अब