सिचाँई अभावमा प्रदेश ७ मा ६० प्रतिशत रोपाई हुन बाकी, रोपाई गरिएको धान पनि सुक्दै

सिचाँई अभावमा प्रदेश ७ मा ६० प्रतिशत रोपाई हुन बाकी, रोपाई गरिएको धान पनि सुक्दै

फाईल फोटो

धनगढी : शुक्रवार देशभरि धुमधामका साथ १५ औ धान दिवस मनाई रहदा प्रदेश ७ मा भने अझै ६० प्रतिशत खेतमा रोपाई हुन सकेको छैन ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार प्रदेश ७ मा हालसम्म ४० देखि ४२ प्रतिशत खेतमा मात्रै किसानले रोपाई गरेका छन ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख यज्ञराज जोशीले भने, ‘विभिन्न निकायबाट प्राप्त तथ्याङलाई हेर्ने हो भने प्रदेश ७ मा ४० देखि ४२ प्रतिशत मात्रै रोपाई भएको देखिन्छ । ६० प्रतिशत भन्दा बढी खेतमा किसानले रोपाई गर्न पाएका छैनन । 

सिचाँई नहुदा रोपाई भएन

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार प्रदेश ७ का अधिकाश जिल्लामा सिचाँईको अभाव छ । 

मन्त्रालयका अनुसार प्रदेश भरि ४५ प्रतिशत जमिनमा मात्रै सिचाई सुविधा छ । कैलाली र कञ्चनपुर बाहेक ७ पहाडी जिल्लामा त अझै सिचाई सुविधा पुगेको जमिन कम छ । 

‘सिचाँई सुविधा छैन । यसवर्ष वर्षा सुरु भएको छैन ।’ कृषि मन्त्रालयका सचिव हरिहर अधिकारी भन्छन, ‘किसानले आकाशे पानीलाई पर्खेर बसिरहेका छन । रोपाई गर्न पाएका छैनन ।’ 

रोपाई गरिएको धान पनि सुक्दै

रोपाई गरिएको खेतको धान पनि सुक्न थालेको किसानहरुले गुनासो गरेका छन । 

‘वोरिङ गरेर खेत त रोप्यौ ।’ धनगढी, १३ कैलाली गाउका किसान श्यामलाल रानाले भने, ‘रोपेको धान सुक्न थालिसक्यो । आकाशबाट पानी पर्दैछ । वोरिङको पानीले मात्रै के हुन्छ ?’

प्रदेशमा कृषि क्षेत्रमा वर्षेनि करोडौ रकम खर्च हुने गरेको भएपनि धेरै क्षेत्रमा सिचाई सुविधा पुगेको छैन । सिचाई अभावका कारण धान उत्पादनमा समेत कमि हुदै आएको सरकारी तथ्याङले देखाएको छ । 

प्रदेश ७ मा १८ लाख २ सय ९१ हेक्टरमा धान गरिन्छ भने ६ लाख ५ हजार ३ सय ९३ मेट्रिक टन धान उत्पादन हुन्छ । 

‘सवै क्षेत्रमा सिचाँई सुविधा पु¥याउन सकेमा वार्षिक १० लाख मेट्रिक टनको हाराहारीमा धान उत्पादन गर्न सकिन्छ ।’ कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख जोशीले भने ।

प्रदेश ७ मा वार्षिक १५ देखि १६ अर्व रुपैयाको चामल आयात हुने गरेको कैलली भन्सार कार्यालयको तथ्याङले देखाएको छ ।