राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीको बधाइ

राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीको बधाइ

युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बधाइ दिएका छन् ।

मंगलबार प्रधानमन्त्रीको ट्वीटर ह्यान्डलमार्फत् ‘नेपाललाई गौरवशाली सफलता’ हासिल गरेको भन्दै राष्ट्रिय टोलीलाई उनले बधाइ दिएका हुन् ।

“एक दिवसीय क्रिकेट शृङ्खला जित्दै नेपाललाई गौरवशाली सफलता दिलाएकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाइ !” प्रधानमन्त्रीले भनेका छन्, “अन्तर्राष्ट्रिय क्रिकेटमा प्राप्त यस सफलताले विश्व खेल जगतमा नेपाल उदीयमान शक्तिको रुपमा देखिएको छ ।

खेलकुद क्षेत्रको विकासका लागि सरकारले थप ध्यान दिने विश्वास दिलाउँछु ।”नेपालले तीन खेलको एकदिवसीय शृङ्खला २—१ को नतिजाले जितेको हो ।

दोस्रो एकदिवसीय खेलको अन्तिम खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गर्दै शृङ्खला जितेको हो ।