यूएईमा १२ देखि १५ वर्षका बालबालिकालाई खोप लगाउन अनुमति

यूएईमा १२ देखि १५ वर्षका बालबालिकालाई खोप लगाउन अनुमति

यूएईमा १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना विरुद्धको खोप दिइने भएको छ । त्यहाँको हेल्थ एण्ड प्रिभेन्सन मन्त्रालयले फाइजर-बायोएनटेकको कोरोना विरुद्धको खोप १२ देखि १५ वर्षका बालबालिकालाई दिन अनुमति दिएको हो ।

यसअघि यो उमेर समूहका लागि खोप प्रभावकारी हुने/नहुनेबारे परीक्षण गरिएको थियो । परीक्षणमा शतप्रतिशत नतिजा आएपछि खोप दिन अनुमति दिएको यूएईले जनाएको छ । स्वास्थ्य अधिकारीले १२ देखि १५ वर्षका बालबालिकालाई खोप दिन अभिभावकहरुसँग छलफल गरिरहेको छ ।  

अहिले अमेरिकाले पनि १२ देखि १५ वर्षका बालबालिकालाई खोप दिइरहेको छ ।  कोरोना भाइरसको नयाँ भेरियन्टले बालबालिका उच्च जोखिममा परेपछि बालबालिकालाई पनि खोप दिन थालिएको हो ।